Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र विद्यार्थी संगठनहरु विचको एक दिने अन्तरक्रियाको सामुहिक तस्बिर २०७९.१२.१८
      फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र विद्यार्थी संगठनहरु विचको एक दिने अन्तरक्रियाको सामुहिक तस्बिर २०७९.१२.१८

पशुपती मरहट्टा, काठमाण्डौ (२०७९।१२।१८)
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको आयोजनामा विभिन्न राजनैतिक दल सम्बद्ध विद्यार्थी संघठनहरुका केन्द्रीय अध्यक्ष तथा पदाधिकारी एवं सिटिइभिटी कमिटिका अध्यक्ष ज्यूहरु विच “नेपालमा प्रमाणपत्र तथा डिप्लोमा तहको प्राविधिक शिक्षाको वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरु” विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रम होटल अनुपम फुडल्याण्ड, गौशालामा चैत्र १८ गते सनिबार सम्पन्न भएको छ । निर्धारित समय भन्दा करिव आधा घण्टा ढिला गरी सुरु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सुनिल कुमार चालिसे ज्यू ले विद्यार्थी नेतृत्वहरुलाई स्वागत गर्नुभएको थियो । महासचिव श्री निर्मल सापकोटा ज्यू ले कार्यक्रम संचालन गर्दै नेपालमा प्रमाणपत्र तथा डिप्लोमा तहको प्राविधिक शिक्षाको वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरु विषयमा करिव ४५ मिनेट पावरपोइन्टमार्फत प्रिजेन्टेशन प्रस्तुत गर्दै विषयवस्तु विद्यार्थी नेतृत्वसामु राख्नु भएको थियो । विद्यार्थी नेतृत्वहरुले पनि गम्भिरताका साथ विषयवस्तुलाई सुनी आ–आफ्नो महत्वपुर्ण मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका अध्यक्ष तथा पदाधिकारी ज्यूहरुले निशुल्क तथा गुणस्तरिय शिक्षा, फोरम र विद्यार्थी संगठनविचको सम्बन्ध, २०७१ सालदेखी परिमार्जन हुन नसकेको शुल्क, सिटिइभिटीका परिक्षा लगाएतका समस्याहरु, नितिगत सुधार, चिकित्सा शिक्षा आयोग विरुद्ध संयूक्त संघर्ष, शिक्षामा बाहिरिएको पैसा तथा मानव संसाधन, बन्द रहेका नर्सिङ्ग कलेजहरुको भर्ना खुलाउने लगाएतका विषयहरुमा विचार राख्नु भएको थियो ।
कार्यक्रममा फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको सल्लाहकार समितिका सदस्य श्री जिवन प्रकाश शर्माले समग्र कार्यक्रमको समिक्षा गर्नुभएको थियो । शर्माले कार्यक्रमको सटिक विश्लेषण गर्दै यो कार्यक्रम एउटा कोशेढुङ्गा हुने बताउदै प्राविधिक शिक्षालाई जबसम्म उद्योगसगँ जोड्न सकिदैन तवसम्म प्राविधिक शिक्षामा अन्यौल रहने बताउनु भयो ।


कार्यक्रमको समापन गर्दै फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष डा. नेत्रराज चटौत ज्यू ले विद्यार्थी नेता ज्यू हुरु बाट उठेका प्रश्नहरुको सम्बोधन गर्नु भएको थियो । सबभन्दा बढी उठेको शुल्क सम्बन्धि प्रश्नमा गुणस्तरीय शिक्षाका लागी शुल्क समायोजन अनिवार्य भएता पनि त्यो मात्रै प्रमुख विषय नरहेको बताउनु भयो । ४५ मिनेटको समग्र प्रस्तुतीमा करिव जम्मा ५ मिनेट जती मात्र शुल्कको विषय रहेको र निजी शिक्षालयहरुको पहिलो र अन्तिम हतियार नै गुणस्तर, गुणस्तर, गुणस्तर रहेकोमा जोड दिनुभयो । छोटो निमन्त्रणालाई स्वीकार गर्दै कार्यक्रममा उपस्थित हुनुभएकोमा सम्पुर्णमा विशेष धन्यबाद दिनुभयो ।


अन्तरक्रियामा अनेरास्ववियु, अखिल क्रान्तिकारी (प्रचण्डं), अखिल क्रान्तिकारी (बिप्लब), अखिल क्रान्तिकारी (बैद्य), अनेरास्ववियू, बैज्ञानिक समाजबादी विद्यार्थी संघठन, चिकित्सा शिक्षा सङ्घर्ष समिति, समाजवादी विद्यार्थी यूनियन लगाएतका विद्यार्थी संघठनहरुको केन्दीय तथा सिटिइभिटी कमिटीहरुबाट अध्यक्ष, इन्चार्ज, पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा ने.वि.संघ बाट भने प्रतिनिधी सामेल भएनन् ।

भर्ना निर्देशिका सम्बन्धी Online Training सम्बन्धमा


उपरोक्त विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्वन्धन स्वीकृति प्राप्त गरी संचालनमा रहेका शिक्षण संस्थाहरूका आ.व. २०८२/०८३ देखि लागू भएको नयाँ पाठ्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ ले व्यवस्था गरेको बिबिध विषयहरुमा हरेक शिक्षण संस्थाबाट परिक्षा हेर्ने अधिकारी सहित २–२ जना सहभागी हुने गरी Online Training संचालन गर्न गइरहेकोले चाँडो भन्दा चाँडो सम्पर्क गर्न र तलकोलिङ्कमा उपलब्ध गूगल फर्म भर्नहुन अनुरोध रहन्छ । ट्रेनिङ शुल्क : प्रति संस्था रु ५,०००
Click Here for Online Training Form and details

This will close in 20 seconds