Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

                                                 गण्डकी प्रेदेश भेला पछिको सामुहिक तस्बिर २०७९.१२.२५

पशुपती मरहट्टा- २०७९.१२.२५

सिटिइभिटी, सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त प्रमाणपत्र तह तथा डिप्लोमा कार्यक्रमहरु संचालन गरिरहेका संस्था संचालकहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको चितवन क्षेत्र, लुम्बिनी र गण्डकी प्रदेश भेला सम्पन्न भएको छ ।

२०७९ चैत्र २३ गते चितवनमा सम्पन्न भएको भेलामा फोरम केन्द्रीय कार्यसमितिका अध्यक्ष तथा पदाधिकारी ज्यूहरुको उपस्थिती रहेको थियो । खासगरी रोकिएको नर्सिङ्ग विषयको भर्ना खुलाउन प्राथमिकताका साथ केन्द्रले कार्य गरोस र सो को लागी आवश्यक सहयोग गर्न तयार रहेको भेलामा सहभागी संस्था संचालक ज्यूहरुले बताउनुभयो ।

चितवन क्षेत्र भेला २०७९.१२.२३

यस्तै चैत्र २४ गते शुक्रबार फोरम लुम्बिनी प्रदेशको अयोजनामा बुटवलमा प्रदेश भेला सम्पन्न भयो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननिय विष्णु प्रसाद पन्थी ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशको करिव २० वटा संस्थाहरुको उपस्थिती रहेको थियो ।

लुम्बिनी प्रदेश भेला २०७९.१२.24

गण्डकी प्रदेशको प्रदेश भेला भने चैत्र २५ गते सनिवार सम्पन्न भयो । फोरम फर हेल्थ केन्द्रीय सदस्य तथा लेखा समिति संयोजक कपिल पोख्ररेल ज्यूको विशेष पहलमा सम्पन्न भेलामा गण्डकी प्रदेशमा भरखरै अपग्रेड भयर संचालित संस्थाहरुको समेत उपस्थिती रहेको थियो ।

चरक इन्ष्टिच्यूट अफ हेल्थ साइन्सका अध्यक्ष पोख्ररेल ज्यू ले फोरम केन्द्रिय पदाधिकारी तथा सदस्य ज्यूहरुको टोलीलाई चरक हस्पिटल र चरक इन्ष्टिच्यूटको अवलोकन गराउनु भएको थियो । फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको केन्द्रीय कार्य समितिको विस्तारित बैठक समेत चरक इन्ष्टिच्यूट अफ हेल्थ साइन्सको हातामा भएको थियो ।

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटा ज्यू ले भेलामा संस्थाको समग्र अवस्था तथा भावी कार्यक्रमहरुको बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।