Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

 

विज्ञप्ती

उपर्यूक्त विषयमा २०६४ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त गरी निरन्तर संचालनमा रहेको नेपालगंज हेल्थ क्याम्पसमा विभिन्न बहानामा विद्यार्थी संगठनको नाममा चन्दा माग गर्नुका साथै कलेज संचालकको ज्यान मार्ने धम्की समेत दिएको भन्ने घटना प्रती स्वास्थ्य तथा प्रविधि विज्ञान मन्च (ँज्त्क्) को गंभिर ध्यानाकर्षण भएको छ ।
विगत १७ वर्षदेखी हरेक वर्ष सिटिइभिटीको निरिक्षण तथा सुपरिवेक्षणमा पास भई निरन्तर संचालनमा रही पश्चिम नेपालमा गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको कलेजमा मापदण्ड लगाएतका विषयहरुमा प्रश्न उठाई शैक्षिक वातावरण खलबल्याउने कार्य नगर्न नगराउनुहुन सरोकारवाला सम्पुर्ण पक्षहरुसँग अनुरोध गर्दछौ । साथै शिक्षालयहरुको शैक्षिक वातावरण स्वस्थ राख्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद र शिक्षालयको सुरक्षा व्यवस्था नियमित राख्न नेपाल प्रहरी, जिल्ला प्रशासन, शिक्षा मन्त्रालय र नेपाल सरकारसँग जोडदार माग गर्दछौ ।
अतः स्वास्थ्य तथा प्रविधि विज्ञान मन्च (ँज्त्क्) कुनै पनि समस्याको समाधान विद्यमान कानूनद्धारा निर्देशित व्यवस्था अनुरुप वार्ता र छलफलबाट हुनुपर्छ भन्ने विश्वास गर्दछ । साथै, कानून अनुसार कर्तव्य पुरा गर्ने क्रममा रहेका व्यक्तिहरु/संस्थाहरु माथी गरिने यस प्रकारका गैरकानूनी क्रियाकलापहरु दोहोरिन नदिन तथा यस घटनाको सत्य, तत्थ्य छानविन गरि दोसी उपर तत्काल कारबाही गर्न सम्बन्धित निकायको समेत ध्यानाकर्षण गर्दछौ ।

महासचिव
स्वास्थ्य तथा विज्ञान प्रविधि मन्च
केन्द्रीय समिति
मिति ः २०८१।११।०१

भर्ना निर्देशिका सम्बन्धी Online Training सम्बन्धमा


उपरोक्त विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्वन्धन स्वीकृति प्राप्त गरी संचालनमा रहेका शिक्षण संस्थाहरूका आ.व. २०८२/०८३ देखि लागू भएको नयाँ पाठ्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ ले व्यवस्था गरेको बिबिध विषयहरुमा हरेक शिक्षण संस्थाबाट परिक्षा हेर्ने अधिकारी सहित २–२ जना सहभागी हुने गरी Online Training संचालन गर्न गइरहेकोले चाँडो भन्दा चाँडो सम्पर्क गर्न र तलकोलिङ्कमा उपलब्ध गूगल फर्म भर्नहुन अनुरोध रहन्छ । ट्रेनिङ शुल्क : प्रति संस्था रु ५,०००
Click Here for Online Training Form and details

This will close in 20 seconds