Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

लगानी एवं योगदान सर्भे २०७५

CTEVT बाट सम्बन्धन लिई निजी, सहकारी एवं ट्रष्ट बाट संचालित संस्थाहरु, निजी क्षेत्र बाट प्राविधिक शिक्षामा भएको लगानी एवं योगदानको मुल्यांकन गर्ने उद्धेश्यले गर्न लागिएको यो सर्भेलाई आ – आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण निजी, सहकारी एवं ट्रष्ट बाट संचालित कलेजहरुमा सम्पर्क गरि तल उल्लेखित बमोजीमको बिवरण यस संस्थाको ई – मेल forumforhts@gmail.com मा पठाई दिनु हुन सम्पूर्ण क्षेत्रिय समिती, क्षेत्रका केन्द्रिय पदाधिकारी ज्यूहरु, केन्द्रिय सदश्य ज्यूहरु एवं सल्लाहकार ज्यूहरु लगायत सम्पूर्ण सस्था संचालक ज्यूहरु लाई हार्दिक अनुरोध गर्दछौं ।

Survey Format:

* संस्थाको नाम / ठेगाना / सम्पर्क नं. / ई मेल र वेब ठेगाना

* संचालित कार्यक्रमहरु /अध्ययनरत बिधार्थि संख्या /पास भएका बिधार्थि संख्या (कार्यक्रम अनुसार )

* संस्थाकै स्वामित्वको घर जग्गा भए सोको हाल प्रचलित मुल्य

* लिज जग्गामा घर निर्माण गरेको भए सो को लगानी रकम

* प्रयोगात्मक /कक्षा कोठा /अफिस /लाईब्रेरी /सवारी साधन एवं अन्य सामग्री खरिदमा गरेको लगानी रकम

* संस्थामा कार्यरत सम्पूर्ण प्रशिक्षक संख्या /कर्मचारी संख्या (छुट्टाछुट्टै)

* अस्पताल प्रयोग हुने कार्यक्रमको हकमा आफैंले अस्पताल संचालन गरेको भए सो अस्पतालको लगानी रकम

* अन्य लगानी भए : (केमा गरेको हो जानकारी सहित रकम उल्लेख गर्ने)

* संस्था एबं संचालित कार्यक्रमहरुको Goodwill Value (पछि एकमुष्ट निकालीने)

उपरोक्त विबरणहरु प्राप्त भएपछि सबै संस्थाहरुको एकमुष्ट बिवरण तयार गरि निती निर्माण लगायत अन्य स्थानहरुमा हाम्रो लगानी, योगदान, भुमिका, रोजगारिको श्रृजना लगायतका बिषयमा निजी क्षेत्रबाट राज्यलाई गरिएको सहयोगको बिषयमा बहस एवं निकासको लागी टेवा पुग्ने अपेक्षा सहित पुन : चाँडो भन्दा चाँडो बिवरण उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछौं ।

Please fill the "Teachers Bank" Form


Forum for Health and Technical Science is going to create Teacher Bank. We are seeking mutual benifit through this bank. Please click here to fill the Teachers Bank form.

 

This will close in 20 seconds