Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

 

पशुपती मरहट्टा, काठमाडौँ  (२०७९।१२।२४)

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री माननिय विष्णु प्रसाद पन्थी ज्यू ले शिक्षालाई गुणस्तरीय बनाउनका लागी निजी क्षेत्रको भुमिकालाई विस्तार गर्नुको साटो सरकारले चिकित्सा शिक्षा ऐन मार्फत आक्रमण गरेको बताउनु भयो । फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स लुम्बिनी प्रदेशले आयोजना गरेको प्रदेश भेलामा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले निजी क्षेत्रको सहज प्रवेश र विस्तार नभइकन कुनैपनि देश सुदृड बन्न नसक्ने बताउनु भयो ।


फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रीय महासचिव श्री निर्मल सापकोटा ज्यूले प्राविधिक शिक्षाको हालको अवस्था र चुनौतीको बारेमा प्रस्तुत गर्नुभएको प्रस्तुतीकरण पछी बोल्दै शिक्षामा अष्ट्रेलियाको National Economy मा चाइना, भारत पछि नेपालको योगदान तेस्रो रहेको बताउदै हाल चिकित्सा शिक्षा ऐनको हबाला दिदै बन्द गरिएका संस्थाहरुले चाडै भर्ना लिने वातावरण बनाउन लुम्बिनी प्रदेश अन्तरगत रहेका सम्पुर्ण राजनैतिक दलका नेता तथा सचेतकहरु राखेर एउटा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको समेत बताउनु भयो ।


फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका लुम्बिनी प्रदेशका अध्यक्ष श्री प्रकाश राना ज्यू को सभापतित्वमा संचालित कार्यक्रममा फोरम केन्द्रीय समितिका अध्यक्ष डा.नेत्र राज चटौत, उपाध्यक्ष द्धय सुनिल कुमार चालिसे, केदार जी कण्डेल, महासचिव निर्मल सापकोटा, सचिव द्धय हरी बहादुर बस्नेत, गणेश ज्ञावली तथा केन्द्रीय सदस्य अरुण कुमार पाण्डे लगाएत प्रदेशका संस्था संचालक ज्यूहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नयाँ सदस्यको रुपमा ओम साई नर्सिङ्ग क्याम्पसका अध्यक्ष श्री मिना पन्थी ज्यूलाई फोरम परिवारमा स्वागत गरिएको थियो ।
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको नियमित कार्यक्रम अन्तर्गत २३ गते विहिबार चितवन क्षेत्र, २४ गते लुम्बिनी प्रदेश भेला सम्पन्न भयो भने २५ गते सनिवार गण्डकी प्रदेशको भेला पोखरामा हुन गैरहेको छ ।

भर्ना निर्देशिका सम्बन्धी Online Training सम्बन्धमा


उपरोक्त विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्वन्धन स्वीकृति प्राप्त गरी संचालनमा रहेका शिक्षण संस्थाहरूका आ.व. २०८२/०८३ देखि लागू भएको नयाँ पाठ्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ ले व्यवस्था गरेको बिबिध विषयहरुमा हरेक शिक्षण संस्थाबाट परिक्षा हेर्ने अधिकारी सहित २–२ जना सहभागी हुने गरी Online Training संचालन गर्न गइरहेकोले चाँडो भन्दा चाँडो सम्पर्क गर्न र तलकोलिङ्कमा उपलब्ध गूगल फर्म भर्नहुन अनुरोध रहन्छ । ट्रेनिङ शुल्क : प्रति संस्था रु ५,०००
Click Here for Online Training Form and details

This will close in 20 seconds