पशुपति मरहट्टा, काठमाण्डौ, (चैत्र २०, २०७९)
जनता समाजबादी पार्टी नेपालका उपाध्यक्ष तथा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित माननिय सांसद अशोक कुमार राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा नियूक्त भएसँगै आज फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष डा.नेत्रराज चटौत सहितको प्रतिनिधी टोलीले भेट गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियूक्ती हुनुभएकोमा बधाई तथा कार्यकाल सफलताको सुभकामना प्रदान गर्नुभएको छ ।
फोरम प्रतिनिधी टोलीमा पुर्व स्वास्थ्य राज्य मन्त्री श्री डा. बंशिधर मिश्र, फोरम केन्द्रिय समिति अध्यक्ष डा. नेत्रराज चटौत, उपाध्यक्ष श्री सुनिल कुमार चालिसे, महासचिव श्री निर्मल सापकोटा तथा सल्लाहाकार श्री जिवन प्रकाश शर्मा ज्यू को उपस्थिती रहेको थियो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननिय अशोक राई ज्यू सँगै प्रथम महिला तथा जनता समाजबादी पार्टी नेपाल, कार्यसमिति सदस्य श्रीमती शुसिला श्रेष्ठ ज्यूको समेत उपस्थिती रहेको थियो ।
भेटमा फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको तर्फबाट हाल प्राविधिक शिक्षामा देखिएका समस्याहरुको बारेमा महासचिव श्री निर्मल सापकोटा ज्यू ले प्रकाश पार्नुभएको थियो । माननिय मन्त्री ज्यू ले समस्याहरु गम्भिरताका साथ सुन्नु भयो र समस्या समाधानमा सदैव आफ्नो असल प्रयत्न रहने बताउनु भएको थियो । मन्त्री ज्यू ले फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको अध्यक्ष ज्यूबाट मायाँको चिनो ग्रहण गर्नुभएको थियो ।