Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समिति, नेपालको तर्फ बाट ज्ञापन पत्र ग्रहण गर्नु हुदै सदस्य सचिब जीव नारायण काफ्ले

पशुपति मरहट्ठा–भक्तपुर(२०८०।०३।०७)

चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समिति, नेपालको आव्हानमा २०८० असार ७ गते बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानेठिमी भक्तपुरको प्राङ्गडमा सिटिइभिटीका सदस्य सचिव श्री जीव नारायण काफ्ले ज्यूलाई सङ्घर्ष समितिका संयोजक श्री निर्मल सापकोटाले बन्द भएका नर्सिङ कलेजहरूको भर्ना खुलाउन १० दिनको समय सीमा सहितको ज्ञापन पत्र बुझाउनु भएको छ । करिब ३०० जना कलेज सञ्चालक, प्रिन्सिपल, प्राध्यापक, उपप्राध्यापक, शिक्षक, शिक्षिका, तथा प्रशासनिक कर्मचारीहरू सानो ठिमी चोकबाट जुलुस सहित सिटिइभिटी पुगेको थियो । यही ज्येष्ठ ३० गते मङ्गलवार देशभरका नर्सिङ कलेज संचलकहरुको राष्ट्रिय भेला सम्पन्न भएको थियो र भेलाले भर्ना नखुले सम्म देशभर आन्दोलन गर्ने निर्णय गरेको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् एक स्वायत्त संस्था हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन २०४५ र नियमावली २०५१ को अधीनमा रही संस्थाले आफ्नो गतिविधि सञ्चालन गर्ने गर्दछ । नेपालको मध्यम स्तरीय प्राविधिक जनशक्ति उत्पादनमा यस संस्थाको प्रमुख र महत्त्वपूर्ण भूमिका रहेको छ । २०५२ सालबाट सिटिइभिटीले निजी क्षेत्रलाई समेत कार्यक्रम सञ्चालनमा आव्हान गरेसँगै हालसम्म देशभर TSLC र डिप्लोमा गरी ४२९ वटा निजी कलेजहरू सञ्चालनमा छन् । ४२९ वटा निजी कलेजहरू मध्ये ११० वटा कलेजहरूले डिप्लोमा इन नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनमा आय सँगै ऐनको अपव्याख्याका कारण ७० वटा नर्सिङ कलेज बन्द अवस्थामा छ ।

चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिका संयोजक श्री निर्मल सापकोटाले भन्नुभयो, चिकित्सा शिक्षा ऐन २०७५ र नियमावली २०७७ मा स्पष्ट रूपमा स्नातक वा सो भन्दा माथिका कार्यक्रमहरुकोहरुको मात्र आयोगलाई नियमन गर्ने अधिकार प्रदान गरेको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ५४ अनुसार नेपाल सरकारले बनाएको राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको २०७७ को दफा ४४ मा चिकित्सा शिक्षाका तह, विषय र कार्यक्रम अनुसूची ८ मा उल्लेख भए बमोजिम हुनेछ भनी स्पष्ट व्यवस्था भएको र अनुसूची ८ मा स्नातक तह र सो भन्दा माथिका कार्यक्रमहरूको नाम मात्र समावेश छ । अनुसूची ८ मा प्रवीणता प्रमाणपत्र तह (कक्षा १२ सरह) को विषयमा उल्लेख भएको छैन ।  तर पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले आफ्नो सिटिइभिटी ऐन २०४५ अधिकार प्रयोग गर्न नसकेर वा प्रयोग गर्न नचाहेर यस्तो देशद्रोही निर्णय गरेको हो ? भनी प्रश्न गर्नुभयो ।

साथै चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिका सह–संयोजक श्री कुलानन्द शर्माले आफ्नो भनाई राख्नुहुँदै चिकित्सा शिक्षा ऐनको परिच्छेद ५ को दफा १२ (क) मा १ सय शय्याको अस्पतालले नर्सिङ कार्यक्रम सञ्चालन गर्न सक्ने भनी स्पष्ट रूपमा लेखेको भएता पनि चिकित्सा शिक्षा आयोगको हो मा हो मिलाउँदै स्वायत्त संस्था सिटिइभिटीले खुट्टा कमाउँदा ७० वटा नर्सिङ कलेजहरू बन्द हुने भयावहको स्थिति पैदा भएको बताउनु भयो । साथै हाल देशभरमा नर्सिङ शिक्षा प्रदान गरिरहेका शिक्षालयहरू धराशायी भइरहेको र यस्तै अवस्था रहिरहने हो भने शिक्षालय सञ्चालकहरू आत्महत्या गर्नुपर्ने अवस्था सृजना हुने समेत बताउनु भयो ।

चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समिति मार्फत ज्ञापन पत्र बुझ्नुहुँदै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव श्री जीव नारायण काफ्ले ज्यू ले अहिले देखिएको समस्याका बारेमा आफू जानकार नै रहेको र यस समस्यालाई तुरुन्तै समाधानका लागी आफ्नो तर्फबाट अधिकतम पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एसिया) का अध्यक्ष श्री सरोज ढकाल र फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष श्री डा.नेत्रराज चटौत ज्यू हरुले समेत धारणा राख्नुभएको थियो ।  पूर्व सूचना दिई शान्तिपूर्ण ज्ञापन पत्र बुझाउने कार्यक्रममा सिटिइभिटीले मेन गेट बन्द गरी प्रहरी परिचालित गर्दा केही बेर घम्साघम्सी समेत भएको थियो ।

 

भर्ना निर्देशिका सम्बन्धी Online Training सम्बन्धमा


उपरोक्त विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्वन्धन स्वीकृति प्राप्त गरी संचालनमा रहेका शिक्षण संस्थाहरूका आ.व. २०८२/०८३ देखि लागू भएको नयाँ पाठ्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ ले व्यवस्था गरेको बिबिध विषयहरुमा हरेक शिक्षण संस्थाबाट परिक्षा हेर्ने अधिकारी सहित २–२ जना सहभागी हुने गरी Online Training संचालन गर्न गइरहेकोले चाँडो भन्दा चाँडो सम्पर्क गर्न र तलकोलिङ्कमा उपलब्ध गूगल फर्म भर्नहुन अनुरोध रहन्छ । ट्रेनिङ शुल्क : प्रति संस्था रु ५,०००
Click Here for Online Training Form and details

This will close in 20 seconds