Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

 

पशुपति मरहट्टा-काठमाडौँ

-प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् सानो ठिमी भक्तपुरबाट सम्बन्धन लिई देशभर डिप्लोमा इन नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई ब्याचलर तहका नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका तर चिकित्सा शिक्षा ऐन २०७५ लागु भए देखी भर्ना अवरुद्ध भएका कलेज सञ्चालकहरूको राष्ट्रिय भेला काठमाण्डौमा सम्पन्न भएको छ ।

नेपाल सरकारले चिकित्सा शिक्षा ऐन २०७५ लागु गरेपछि नेपाल राज्यभर सञ्चालनमा रहेका करिब डिप्लोमा र व्याचलर गरी ८० वटा नर्सिङ तथा प्यारा मेडिकल कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरू बन्द अवस्थामा रहेका छन् । चिकित्सा शिक्षा ऐन विशेषत मेडिकल शिक्षा सुधारका लागी ल्याइएको भएता पनि निश्चित स्वार्थ समुहका कारणले स्कुल शिक्षाको रूपमा रहेको प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् अन्तर्गतका डिप्लोमा इन नर्सिङ कार्यक्रम समेत बन्द गराएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ५४ अनुसार नेपाल सरकारले बनाएको राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको २०७७ को दफा ४४ मा चिकित्सा शिक्षाका तह, विषय र कार्यक्रम अनुसूची ८ मा उल्लेख भए बमोजिम हुनेछ भनी स्पष्ट व्यवस्था भएको र अनुसूची ८ मा स्नातक तह र सो भन्दा माथिका कार्यक्रमहरूको नाम मात्र समावेश छ । अनुसूची ८ मा प्रवीणता प्रमाणपत्र तह (कक्षा १२ सरह) को विषयमा उल्लेख भएको छैन ।

भेलामा देश भरीबाट ५० भन्दा बढी कलेज सञ्चालक, प्राचार्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम तालिका अनुसार ३ वटा ग्रुपमा विभाजित भई समूहगत रूपमा छलफल पश्चात् चरणबद्ध आन्दोलनका कार्यक्रमहरू आयोजना गरी समस्या समाधानका लागी वृहत् दबाब सृजना गर्ने निर्णय गरेको छ ।

भेलाले फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका महासचिव श्री निर्मल सापकोटा संयोजक र स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया)का महासचिव श्री के.एन.शर्मा सह–संयोजक र अर्को एक जना सह–संयोजक थप गरी ७३ सदस्यीय आन्दोलनको मूल नर्सिङ शिक्षा सरोकार तथा सङ्घर्ष समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । सदस्यहरूमा भर्ना स्थगन भएका सम्पूर्ण संस्था सञ्चालक सदस्य रहने छन् ।

साथै यस भेलाले आगामी आन्दोलनका प्रारूप समेत तयार गरेको छ । नर्सिङ शिक्षा सरोकार तथा सङ्घर्ष समितिले यही आषाढ २ गते शनिवार पत्रकार सम्मेलन मार्फत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्दै छ ।

 

Please fill the "Teachers Bank" Form


Forum for Health and Technical Science is going to create Teacher Bank. We are seeking mutual benifit through this bank. Please click here to fill the Teachers Bank form.

 

This will close in 20 seconds