Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

                                                                 भेला पछीको सामुहिक तस्बिर

पशुपति मरहट्टा-२०८०/१/१७, काठमाडौँ

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त प्रमाणपत्र तह तथा डिप्लोमा कार्यक्रमहरु संचालन गरिरहेका संस्था संचालकहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको बागमती प्रदेश भेला यहि बैशाख १७ गते आइतबार सम्पन्न भएको छ । फोरम फर हेल्थको बागमती प्रदेशका अध्यक्ष श्री विनोद श्रेष्ठ ज्यूको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । सो भेलामा केन्द्रिय कार्यसमितिका अध्यक्ष श्री डा.नेत्रराज चटौत, उपाध्यक्ष सुनिल कुमार चालिसे, केदार जी कंडेल, महासचिव श्री निर्मल सापकोटा, सचिव हरी बहादुर बस्नेत सदस्य श्री रत्न गुरागाई फोरमको संरक्षक तथा अनुशासन समितिका सदस्य यम प्रसाद अधिकारी, कश्यप प्रसाद पौडेल, सल्लाहाकार शंकर प्रसाद गजुरेल, डा.मुक्ति श्रेष्ठ, जिवन प्रकाश शर्मा, एल.वि.टण्डन, सागर मानन्धर तथा निजी प्राविधिक शिक्षालय संघका केन्द्रिय सचिव श्री भुवन जोशी सहित बागमती प्रदेशका करिव ३५ सदस्य संस्थाहरुको उपस्थिती रहेको थियोे ।

बागमती प्रदेश अध्यक्षबाट मायाको चिनो ग्रहण गर्नु हुदै केन्द्रीय अध्यक्ष डा. नेत्र राज चटौत

भेलामा फोरम केन्द्रिय कार्यसमितिको तर्फबाट महासचिव श्री निर्मल सापकोटा ज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पुर्व अध्यक्ष कश्यप प्रसाद पौडेल र अध्यक्ष श्री डा.नेत्रराज चटौत ज्यूले प्राविधिक शिक्षा को विगत, वर्तमान र भावी कार्यदिशाको बारेमा प्रष्ट्याउनु भएको थियो । भेलामा चिकित्सा शिक्षा आयोगका कारणले उत्पन्न भएका समस्याहरु, ऋत्भ्ख्त् को परिक्षा प्रणालीमा भएको ढिलाई लगाएत समसामयीक समस्याहरुमा मन्थन तथा समस्या समाधानका उपायहरु खोजी गरिएको थियो । हालै प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदबाट अपग्रेड भएका संस्थाहरुलाई नयाँ सदस्यता वितरण समेत गरिएको थियो ।


कार्यक्रम संचालन बागमती प्रदेश समितिका सदस्य श्री अरुण ज्ञावली ज्यू ले गर्नुभएको थियो ।

भर्ना निर्देशिका सम्बन्धी Online Training सम्बन्धमा


उपरोक्त विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्वन्धन स्वीकृति प्राप्त गरी संचालनमा रहेका शिक्षण संस्थाहरूका आ.व. २०८२/०८३ देखि लागू भएको नयाँ पाठ्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ ले व्यवस्था गरेको बिबिध विषयहरुमा हरेक शिक्षण संस्थाबाट परिक्षा हेर्ने अधिकारी सहित २–२ जना सहभागी हुने गरी Online Training संचालन गर्न गइरहेकोले चाँडो भन्दा चाँडो सम्पर्क गर्न र तलकोलिङ्कमा उपलब्ध गूगल फर्म भर्नहुन अनुरोध रहन्छ । ट्रेनिङ शुल्क : प्रति संस्था रु ५,०००
Click Here for Online Training Form and details

This will close in 20 seconds