Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

  • पशुपती मरहट्टा, काठमाण्डाै

        प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त प्रमाणपत्र तह तथा डिप्लोमा कार्यक्रमहरु संचालन गरिरहेका संस्था संचालकहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स कोशी र मधेश प्रदेश भेला सम्पन्न भएको छ । फोरम फर हेल्थको कोशी प्रदेशका अध्यक्ष श्री बालचन्द्र सुब्बाको अध्यक्षतामा २०७९ फागुन २ गते र मधेश प्रदेश भेला प्रदेश अध्यक्ष श्री नरेश यादव ज्यूको अध्यक्षतामा फागुन ३ गते सम्पन्न भएको थियो । सो भेलामा केन्द्रिय कार्यसमितिका अध्यक्ष श्री डा.नेत्रराज चटौत, उपाध्यक्ष द्धोय श्री सुनिल कुमार चालिसे, विजय झा, महासचिव श्री निर्मल सापकोटा, सदस्य श्री डा.विनोद प्रसाद यादव फोरमको संस्थापक अध्यक्ष तथा संरक्षक तथा अनुशासन समितिका संयोजक राजन खत्री, जयप्रकाश ठाकुर, सल्लाहाकार विकाश अधिकारी, संजय कुमार साह र स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) का अध्यक्ष श्री सरोज ढकाल ज्यू समेतको उपस्थिती रहेको थियोे ।

भेलामा फोरम केन्द्रिय कार्यसमितिको तर्फबाट महासचिव श्री निर्मल सापकोटा ज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष श्री सुनिल कुमार चालिसे र अध्यक्ष श्री डा.नेत्रराज चटौतले प्राविधिक शिक्षा को विगत, वर्तमान र भावी कार्यदिशाको बारेमा प्रष्ट्याउनु भएको थियो । कोशी प्रदेश भेलामा करिव २० वटा र मधेश प्रदेश भेलामा करिव २२ वटा कलेज संचालक तथा क्याम्पस प्रमुख ज्यूहरुको उपस्थिती रहेको थियो ।

भेलामा चिकित्सा शिक्षा आयोगका कारणले उत्पन्न भएका समस्याहरु, प्रा.शि.तथा व्य.ता.परिषदको परिक्षा प्रणालीमा भएको ढिलाई लगाएत समसामयीक समस्याहरुमा मन्थन तथा समस्या समाधानका उपायहरु खोजी गरिएको थियो । हालै प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदबाट अपग्रेड भएका संस्थाहरुलाई नयाँ सदस्यता वितरण समेत गरिएको थियो । 

 

भर्ना निर्देशिका सम्बन्धी Online Training सम्बन्धमा


उपरोक्त विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्वन्धन स्वीकृति प्राप्त गरी संचालनमा रहेका शिक्षण संस्थाहरूका आ.व. २०८२/०८३ देखि लागू भएको नयाँ पाठ्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ ले व्यवस्था गरेको बिबिध विषयहरुमा हरेक शिक्षण संस्थाबाट परिक्षा हेर्ने अधिकारी सहित २–२ जना सहभागी हुने गरी Online Training संचालन गर्न गइरहेकोले चाँडो भन्दा चाँडो सम्पर्क गर्न र तलकोलिङ्कमा उपलब्ध गूगल फर्म भर्नहुन अनुरोध रहन्छ । ट्रेनिङ शुल्क : प्रति संस्था रु ५,०००
Click Here for Online Training Form and details

This will close in 20 seconds