Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

संस्थाको परिचय

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (CTEVT) सानोठिमी भत्तपुरबाट सम्बन्धन स्वीकृति प्राप्त गरि नेपाल राज्यभर संचालनमा रहेका प्रविणता प्रमाणपत्र तहका ३ वर्षे प्राविधिक शिक्षा अध्यापन गराउने संस्था संचालकहरुको एक मात्र राष्ट्रिय र पेशागत संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, केन्द्रिय कार्यालयको स्थापन वि.स. २०६३/६४ मा भएको हो ।

नेपाल राज्यभर प्रविणता प्रमाणपत्र, डिप्लोमा तहका प्राविधिक शैक्षिक कार्यक्रमहरु संचालन गरि मुलुकमा उच्च स्तरीय दक्ष तथा गुणस्तरीय जनशक्ति उत्पादन गरि देशको वेरोजगारी समस्याको निरुपण गर्ने र गराउने मुलभुत उदेश्यका साथ स्थापीत निजी, गैरसरकारी एवं अन्य संघ संस्थाहरुको विचमा आपसि सद्भाव, सहयोग र एकता कायम राख्दै सवै संस्थाहरुका समस्याहरुलाई निरुपण गर्नका लागि साझा मञ्चको रुपमा यो संस्था स्थापना र संचालन भइरहेको छ ।

यस संस्था अन्तरगत वर्तमान अवस्थामा केन्द्रिय समिति, सल्लाहकार समिति र विभिन्न ८ वटा क्षेत्रहरुमा क्षेत्रिय कार्यसमितिहरु क्रियासिल छन । हाल यस संस्थाको अध्यक्षता श्री खगेन्द्र अधिकारीले गरिरहनु भएको छ । क्षेत्रिय कार्यसमितिहरु मध्येपश्चिम तथा सुदुरपश्चिम क्षेत्र, लुम्बिनि क्षेत्र, गण्डकी धौलागिरी क्षेत्र, नारायणी क्षेत्र, विरगंज क्षेत्र, मिथिला क्षेत्र, पुर्वान्चल क्षेत्र र काठमाण्डौ उपत्यका क्षेत्र गरी जम्मा आठ क्षेत्रमा सम्बन्धित क्षेत्रका प्राविधिक शिक्षा प्रदायक शैक्षिक संस्था संचालकहरुको प्रतिनिधित्व गर्दै कार्यसमितिहरु क्रियाशिल रहेका छन । साथै हालै भएको केन्द्रिय समितिको निर्णय द्धारा नेपालको राज्य पुनर्सरंचना अनुसार क्षेत्रिय समितिहरुलाई प्रदेशीक कमिटिहरुमा रुपान्तरण गर्ने कार्ययोजना रहेको छ ।

हालसम्म यस संस्थाको नेपालभर १५० सदस्य प्राविधिक शिक्षालयहरु रहेका छन । देशको कुल क्षमताको करिव ९२ प्रतिशत प्राविधिक शिक्षाको क्षेत्रमा योगदान गरिरहेको यस संस्थाका सदस्य संस्थाहरुले सिटिइभिटि अन्तरगत स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, पर्यटन तथा हस्पिटालिटी लगाएतका क्षेत्रहरुका २८ वटा पाठ्यक्रमहरु अध्यापन गराइरहेका छन ।

संस्थाको संरचना:


संस्थाको दृष्टिकोण:

नेपालका दुर्गम, हिमालीजिल्ला, पिछडिएको वर्ग, दलित जनजाती,आदिवासी, हलैया, कमैया,विपन्न समुदाय, द्धन्द्ध पिडित, एकल महिला तगाएत जो प्राविधिक शिक्षाको पहुच भन्दा बाहिर छ र थियो ति सवै वर्ग, समुदाय, क्षेत्र, लिङ्ग, धर्म, संस्कृतीमा रहेका नेपाली यूवाहरुलाई मध्येम वर्गिय प्राविधिक शिक्षा प्रदान गर्न आ–आफ्नो कलेजबाट सवै कार्यक्रमहरुमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराई देशको निती निर्माण सम्म पुर्याउन मद्धत गर्ने स्पष्ट दृष्टिकोणका साथ यो संस्थाको स्थापना भएको हो ।

वार्षिक करिव १७०० जनालाई निशूल्क प्राविधिक शिक्षा दिदै आएका निजि प्राविधिक शिक्षालयहरुले छोरा छोरीका लागी लगानी गर्न सक्ने अविभावकसँग शूल्क लिएर तिनका छोराछोरीलाई प्राविधिक शिक्षाको ज्ञान र सिप प्रदान गरिरहेका छन । जसका कारण प्राविधिक शिक्षा पढ्न विदेश जाने हाम्रो पुरानो परिपाटी करिव अन्त्य भएको छ । साथै उत्पादित प्राविधिक जनशक्तिले देशमा वेला बखत आउने झाडापखलाको प्रकोप नियन्त्रण, भुकम्पले क्षति पुर्याएका स्थानहरुको पुनर्निर्माण, आगोलागीबाट ध्वस्त बस्तिहरुको व्यवस्थापन आदि कार्यमा प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पर्याउदै आएको छ । जसका कारण नेपाली जनताले राहत महसुस गरेकाछन ।

शहर र बजारसँग पहुँच नपुगेका नेपाली जनताका छोराछोरीलाई प्राविधिक शिक्षा उपलब्ध गराई संवृद्ध नेपाल निर्माण गर्ने तर्फ उन्मुख रहेको छ ।

उपलब्धीहरु :

२०५६/०५७ सालबाट नृपाली समाजमा योगदान गर्दै भाएको निजी क्षेत्रले हालसम्म करिव २५ अरवको लगानी गरिसकेका छन । करिव १०० वटा निजी अस्पताल संचालन गरेका छन । पश्चिमको महेन्द्रनगर देखि पुर्वको झापा सम्म र उपत्यका लगायत पहाडी जिल्लाहरुमा समेत प्राविधिक शिक्षा उपलब्ध गराएको छ ।

नेपाल सरकारको उपस्थिती हुन नसकेका स्थानहरमा निजी लगानीमा प्रावधिक शिक्षालयहरु खुलेका छन । अध्यायन गर्न चाहानेका लागी स्कुल र विरामीका लागी अस्पताल निर्माण गरी सहजै जनताको पहुँचमा पुर्याउने कार्यलाई ठुलो उपलब्धीका रुपमा लिनु पर्दछ । स्नातक र स्नातकोत्तर गरेका विभिन्न विषयका प्राविधिकहरु करिव दश हजारले प्रत्यक्ष कलेजहरुमा र करिव विस हजार प्राविधिकहरुले अस्पतालहरुमा रोजगारी प्राप्त गरेका छन । नन्प्राविधिकहरुको संङ्ख्या पनि करिव ६ हजारको हाराहारीमा छ ।

नेपाल सरकारलाई वार्षीक रुपमा करोडौ राजश्व उपलब्ध हुने गरेको छ भने अध्ययन गर्न र काम खोज्न विदेश जानुपर्ने बाध्यताबाट केही हदमा रोकेकोछ । देश र जनताका लागी यो ठुलो उपलब्धी हो ।